Ads

कोरियाली भाषा परीक्षाको आवेदन चैत १४ गतेदेखि खुल्ने


काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को लागि चैत १४ गतेबाट अनलाईन आवेदन खुल्ने भएको छस । दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको आवेदन खेल्ने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।

आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले मात्र फारम भर्न पाउने शाखाले जनाएको छ ।

परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख (२०७९) देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा परीक्षा हुने भएको छ ।

उत्पादनमुलक क्षेत्रमा जान आवेदन भर्नेहरुले २० असारदेखि १० भदौसम्म पहिलो चरणमा १६ भदौदेखि २१ असोजसम्म दोस्रो चरणमा परीक्षा हुनेछ ।

भाषा परीक्षा पास भएकाहरु सीप परीक्षणमा सहभागी हुनेछन् । कृषि तथा पशुपालनतर्फका आवेदकको सीप परीक्षण २६वैशाख देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा हुनेछ ।

उत्पादनमुलक क्षेत्रका आवेदकहरुले सीप परीक्षणको २० असारदेखि १० भदौसम्म र दोस्रो चरणमा १६ भदौदेखि २१ असोजसम्म सञ्चालन हुनेछ ।

ईपीएस कोरिया शाखाका अनुसार करिब ९ हजार ६५४ जना भाषा परीक्षामा पास हुनेछन् । यसका लागि उत्पादनमुलतर्फ ६ हजार ९१३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ जना उत्तीर्ण हुनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू