काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावललाई एमसीसी नेकपाको सरकार हुदा टेबल हुदा किन नबोलेको भन्दै प्रश्न गरेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै उक्त कुरा बताएका हुन् ।
रावल लामो समयदेखि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गदै आएका छन् । तर आफ्नै सरकार हुदा नबोलेको भन्दै प्रधानमन्त्री देउवाले आक्रोस पोखेका छन् । उनले भने , ‘आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’
उनले भने, ‘अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको देउवाको भनाइ थियो ।
रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको थियो किन त्यो समयमा विरोध गदै, उनी राजीनामा दिएर बाहिर आउन सकेनन् ? ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। उनले भने ‘त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’
भारतबाट आयात हुने तरकारी तथा दूधजन्य पदार्थलाई विस्थापन गर्न नुवाकोटको कृषि खेतीले योगदान दिने बताए ।
प्रतिक्रिया दिनुहोस्