Ads

जिल्ला सभापतीमा संस्थापन पक्षको बहुमत (नाम सहित)


काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत स्थगित गरिएका १६ जिल्लाको अधिवेशन आइतबार राति सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनपछि ७७ वटा जिल्लाको परिणामअनुसार सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले बहुमत प्राप्त गरेको छ ।

गत पुस अन्तिम साता कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा भएको थियो ।

सभापति देउवानिकट ४१ जना जिल्ला सभापति बनेका छन् भने महाधिवेशनमा देउवाको प्रस्तावक बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका २ जना, पहिलो चरणमा सभापतिमै प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका प्रकाशमान सिंहनिकट २ जना र विमलेन्द्र निधिनिकट १ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

महाधिवेशनमा निकटतम प्रतिस्पर्धी रहेका नेता डा. शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री डा. शशांक कोइरालानिकट ३१ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

संस्थापन (देउवा) पक्षका जिल्ला सभापतिहरू :
१. भक्तपुर– दुर्लभ थापा
२. सिन्धुपाल्चोक– जंगबहादुर तामाङ
३. पर्सा– जनार्दनसिंह क्षेत्री
४. मकवानपुर– बुद्ध लामा
५. बारा– राजेशराय यादव
६.. अछाम– पुष्पबहादुर शाह
७. रौतहट– सुनिलकुमार यादव
८. सिरहा– रामचन्द्र यादव
९. धनुषा– योगेन्द्र पजियार
१०. महोत्तरी– नागेश्वर यादव
११. पाँचथर– रूपनारायण जवेगु
१२. ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङ
१३. ओखलढुंगा– तेजेन्द्र खनाल
१४. सर्लाही– सुरेन्द्रप्रसाद सिंह
१५. सल्यान– केशवबहादुर विष्ट
१६. डोल्पा– दीपेन्द्रबहादुर शाही
१७. डडेल्धुरा– भीमबहादुर साउद
१८. म्याग्दी– खमबहादुर गर्बुजा
१९. मुगु– ऐनबहादुर शाही
२०. मनाङ– शंकर गुरूङ
२१. हुम्ला– मोहनविक्रम सिंह
२२. बझाङ– खड्क बोहरा
२३. रामेछाप– पूर्णबहादुर (कान्छाराम) तामाङ
२४. जुम्ला– कर्णबहादुर शाही
२५. जाजरकोट– बेदराज सिंह
२६. डोटी– नरेन्द्रबहादुर सिंह
२७. रूकुम– प्रेमप्रकाश वली
२८. पर्वत– युवराज जोशी
२९. इलाम– डम्बरबहादुर खड्का
३०. सुर्खेत– खड्ग पोखरेल
३१. रूपन्देही– रामकृष्ण खाण
३२. कास्की– किशोरदत्त बराल
३३. काभ्रे– तीर्थ लामा
३४. धनकुटा– दिनेश राई
३५. रसुवा– पेम्वाछिरिङ तामाङ
३६. उदयपुर– हिमाल कार्की
३७. लमजुङ– टकराज गुरूङ
३८. बर्दिया– अरूणप्रकाश सिंह राठौर
३९. सोलुखुम्बु– नाम्गेलजाङ्बु शेर्पा
४०. कैलाली– नारायणदत्त भट्ट
४१. कञ्चनपुर– पदम बोगटी

संस्थापनइतर (कोइराला–पौडेल) जिल्ला सभापतिहरू :
१. गोरखा– नन्दप्रसाद न्यौपाने
२. सप्तरी– रामदेव साह

३. मोरङ– डिगबहादुर लिम्बू
४. बाँके – नारायण गौडेल
५. नवलपुर– महेन्द्रध्वज जिसी
६. तेह्रथुम–अर्जुन तुम्बाहाम्फे
७. भोजपुर– विनोद वान्तवा
८. खोटाङ– विष्णुकुमार राई
९. संखुवासभा– दीपक खड्का
१०. सुनसरी– केदार भण्डारी
११. प्युठान– विष्णुकुमार गिरी
१२. अर्घाखाँची– केशव श्रेष्ठ
१३. बैतडी– चतुरबहादुर चन्द
१४. दोलखा– बर्मा लामा
१५. चितवन– राजेश्वर खनाल
१६. नुवाकोट– रमेश महत
१७. धादिङ – रामनाथ अधिकारी
१८. कालिकोट– अम्बबहादुर शाही
१९. रूकुमपूर्व– केशरमान रोका
२०. मुस्ताङ– रोमीगौचन थकाली
२१. बाजुरा– रामसिंह रावल
२२. पाल्पा– हिमालदत्त श्रेष्ठ
२३. स्याङ्जा– राजु थापा
२४. नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल
२०. सिन्धुली– उपेन्द्र पोखरेल
२५. दाङ– शंकरप्रसाद डाँगी
२६. गुल्मी– खिलध्वज पन्थी
२७. रोल्पा– किशोर आचार्य
२८. दैलेख– मणिराम रेग्मी
२९. कपिलवस्तु– अब्दुल कलाम खाँ
३०. तनहुँ – जितप्रकाश आले
३१. दार्चुला– ललितसिंह बोहरा

कृष्णप्रसाद सिटौलानिकट जिल्ला सभापतिहरू :
१. झापा – देउमान थेवे
२. बागलुङ– जित शेरचन

प्रकाशमान सिंहनिकट जिल्ला सभापतिहरू :
१. काठमाडौं – सबुजकृष्ण बानियाँ
२. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ

विमलेन्द्र निधिनिकट जिल्ला सभापति :
१. धनुषा– योगेन्द्र पजियार

Ads

सम्बन्धित पोष्टहरू