काठमाडौं । कैलालीको मोहन्याल गाँउपालिकाकी निर्वाचित उपाध्यक्षमा पुजादेवी बुढामगर माओवादी केन्द्र प्रवेश गरेकी छन् । उनीसंगै बिभिन्न राजनीतिक दल परित्याग गरी ४० जना जति जिल्ला नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रले आयोजना गरेको सुदुरपश्चिम प्रदेशको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर पार्टीमा स्वागत गरेका हुन ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले बाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा पुजादेवी बुढामगर, नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, लालझाडी गाउँपालिकाका हुमना राना, नेपाली कांग्रेसका क्रियाशील केदारस्यु गाउँपालिका बझाङका लाल बहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा नेपाली कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका छन् ।
यसैगरी नेकपा एमालेबाट राम बहादुर नेगी, बिर बहादुर चौधरी , इन्द्र बहादुर चैधरीलगायत समेत पार्टीमा प्रवेश गरेका छन् ।
त्यस्तै पदम बहादुर बलायर, चन्द्रदेव पाठक, बाजुराका हिम्मत बहादुर शाही, मनिराम सुनार, नवीन खडका, दशरथ न्यौपानेलगायतले माओवादी प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्