Ads

स्थानीय निर्वाचन प्रायोजनार्थ तीन निकायका लागि करिब साढे १४ अर्ब दिने मन्त्रालयको निर्णय


काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रायोजनका लागि । अर्थमन्त्रालयले विभिन्न निकायलाई १४ अर्ब उपलब्ध गराउने भएको छ ।

अर्थले उक्त रकम निर्वाचन आयोग, अनुसन्धान विभाग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराउने भएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

उनले नेपाली सेनाका लागि कति रकम उपलब्ध गराउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिएका हुन् ।

प्रवक्ता निरौलाका अनुसार निर्वाचन आयोगलाई आठ अर्ब ११ करोड, गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई छ अर्ब २९ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ भने राष्ट्रिय अनुसन्धान विभागलाई तीन करोड पाँच लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू