काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।
राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
महिलाहरुले सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको बताए ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने बालीकाको बलात्कारपछि हत्या भएको छ । दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय माग्दै स्थानीइले प्रदर्शन गरेका छन् ।
गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । दुई जना दाजुभाइ हुन् ।
प्रतिक्रिया दिनुहोस्