काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन भएको कुरालाई स्थानीय निर्वाचनको एजेण्डा बनाउने भएकोछ ।
एमसीसीबारे जनताका राम्रो प्रभाव नपरेको भन्दै कांग्रेसले एमसीसीबारे भ्रम र यथार्थ नामक पुस्तीका छापेर गाउँ गाउँ पठाएको छ ।
अहिले जारी कांग्रेसको १ महिने अभियानका दौरान एमसीसीबारे पुस्तिका नै बाँडेर कांग्रेसले एमसीसीबारे आफ्नो धारणा जनतामा पुगाउन थालेको हो । कांग्रेसले अहिले देशैभरी ‘एमसीसी अनुदान सहायता सम्झातौ ः भ्रम र यथार्थ’ नामक पुस्तिका पार्टी संयन्त्रमार्फत वितरण गरिरहेको छ । जसमा एमसीसी एक अनुदान सहायता मात्रै भएको र नेपालका कम्युनिष्ट पार्टीहरुले राजनीतिकरण गरेको आरोप लगाइएको छ ।
एमसीसीबारे जनतामा गलत प्रचार भइसकेका कारण विपक्षी दलले एजेण्डा नबनाएपनि कांग्रेसले यथार्थ विवरण बोकेर जनतामा जाने निर्णय गरेको कांग्रेसको बुझाइ छ ।
‘जनस्तरमा एमसीसीबारे उठेको प्रश्नको उत्तर दिन पुस्तीका छापिएको बताइएको छ । एमसीसी अनुमोदनका लागि निर्णायक प्रमुख भूमिका खेलेको पार्टी भएकाले हामीले पुस्तिका प्रकाशित गरेको बताएको छ ।
कांग्रेसले एमसीसीको सुरुआतदेखि संसदीय अनुमोदनसम्म राष्ट्रिय दल र नेताहरले गरेको भूमिकालाई पुस्तकमा लिपिवद्ध गर्दै एमसीसीको विरोध जनतामा भ्रम फैलाउने उद्देश्यले भएको दावीसमेत गरेको छ । कांग्रेसले भ्रमका रुपमा ३० वटा विषय समेटेर प्रत्येकमा स्पष्टीकरण दिएको छ ।
चुनावसम्म हरेक घरमा एमसीसीबारे पुस्तिका पुर्याउनुपर्ने कांग्रेस नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्