काठमाडौं । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीले पदाधिकारी चयन गरेको छ ।
माओवादी केन्द्रले प्रदेशहरुको सम्मेलन मंसिरमा गरेको थियो । प्रदेश सम्मेलन सकेपनि नेतृत्व चयन भने हुन सकेको थिएन ।
लुम्बिनी प्रदेशको पदाधिकारी चयन तीन महिना पछि भएको छ । प्रदेशको बैठकले बुधबार नेतृत्व चयन गरेको छ ।
अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा चौधरी , लुमाकान्त नेउपाने , बिर बहादुर खत्री , सचीव कृष्ण अधिकारी , सह सचीव अक्कल बहादुर बम, पार्वती बिक कासिराम यादव र कोषअध्यक्ष निर्दोश अलि चयन भएका छन् ।
पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।
प्रतिक्रिया दिनुहोस्