काठमाडौँ । आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यूगिनीमाथि नेपालले संघर्षपूर्ण प्रदर्शन गरिरहेको छ ।
२ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै ८७ रन बनाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज(बुधबार) जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रनको योगफल बनाएको थियो ।
नेपालले पपुवा न्यूगिनीविरुद्ध व्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्