काठमाडौं । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव हुने नहुने बारे जिज्ञासा राखेका थिए ।
प्रचण्डले बुटवल पुगेर आफू र प्रधानमन्त्रीबीच भएको छलफलबारे भने, ‘बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ नि के हो प्रधानमन्त्री ज्यु ? के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ । तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ?’
बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेर रुपन्देही पुगेका प्रचण्डले प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा तीन नेताबीच भएको छलफलबारे यस्तो खुलाएका हुन् ।
‘मैले त्यसो भन्दा प्रधानमन्त्रीले यो चुनावका दिन भोट हाल्ने दिन पनि यस्तो हल्ला भइरहन्छ’, प्रधानमन्त्रीको जवाफ उदृत गर्दै प्रचण्डले भने, ‘चुनाव नहुने भन्ने कुरा कहिकतैबाट देखिएको छैन ।’
भोट हाल्ने दिन सम्म यस्तो हल्ला चलिरहन्छ भन्दै देउवाले उत्तर दिएको प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस्