काठमाडौं। नेपाली कांग्रेस जुम्ला निर्वाचन क्षेत्रका क्षेत्रीय उपसभापति दानसिंह खत्रीसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति खत्री, विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसीलगायत विभिन्न पार्टीका१६ जना जति नेताकार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा अबिर र खादा लगाएर स्वागत गरे । सो क्रममा अध्यक्ष ओलीले देशभर नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेको भन्दै गठबन्धनसँगको प्रतिस्पर्धाका लागि एमाले तयार रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्