Ads

माओवादीले लुम्बिनी प्रदेशका ९ जिल्लामा चयन गर्यो संयोजक


काठमाडौं। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले प्रदेशका ९ जिल्लाका संयोजक चयन गरेको छ।

बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लाका संयोजक चयन गरेको छ ।

प्रदेश समितिको बैठकबाट नलवपरासी पश्चिम भविश्वर तिवारी, रुकुम पूर्व होमप्रकाश श्रेष्ठ, रुपन्देही नारायण तिवारी, कपिलवस्तु विष्णु शाह र गुल्मीमा बिरबहादुर कार्की, प्युठानमा तिजबहादुर एमसी, रोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्खाखाँचीमा राजेन्द्र भुसाल संयोजक चयन भएकाछन्।

पाल्पा र बर्दियामा भने चयन हुन बाँकि छन् ।

Ads

सम्बन्धित पोष्टहरू