काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको आज(शुक्रबार) भएको दोस्रो खेलमा नेपाललाई यूएईले १ सय ६९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको होे ।
आज युएईमाथि जीत निकाल्न सकेमा नेपाले सिरिजमा लगातार दोस्रो जित बनाउने छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्