काठमाडौँ । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानमार्फत नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि जनताको चाहनालाई मध्यनजर गर्दै घोषणापत्र बनाउने तयारी गरेको छ । कार्यान्वयन गर्न सकिने र जनताले अपेक्षा गरेअनुसारको मुद्दालाई लिएर अघि बढ्ने काँग्रेसले बताएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केद्रित गरेर काँग्रेसले जनस्तरमा संचालन गरेको एक महिने अभियानका क्रममा प्राप्त भएका सुझावलाई आधार मानेर केन्द्र र स्थानीय तहको घोषणापत्र तयार गर्ने काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । उनका अनुसार अभियानका क्रममा प्राप्त भएका जनताको अभिव्यक्ती र उपयुक्त सुझावलाई घोषणापत्रमा राखिने भएको छ ।
अभियानका क्रममा जनताबाट विशेष गरी शिक्षा स्वास्थ्य र सडक स्तरोन्नतीलगायतका विषयमा धेरै सुझाव आएको र यी सबै विषयको अध्ययन गरेर घोषणापत्रमा समावेश गर्ने तयारी भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्