Ads

घुस लिएर सवारी लाइसेन्स दिने ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं । यातायात व्यवस्था कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख सहित ९ जना विरुद्ध घुस लिएर लाइसेन्स दिएको आरोपमा अदालतमा मुद्दा दायर भएको छ ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि पास भएको भन्दै निमित्त कार्यालय प्रमुख गोकुल शर्मासहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै गण्डकी प्रदेश पोखराका शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पोखरामा कार्यरत भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र भरतमणि बराल विरुद्ध मुद्दा दायर गरिएको छ ।

उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको प्रयोगात्मक परीक्षामा १ सय ६८ जना परीक्षार्थीको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा छ ।

Ads

सम्बन्धित पोष्टहरू