Ads

देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने


काठमाडौँ । सरकारले देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ । यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म खोप लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले बताएकी छन् ।

उनका अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन् ।

सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको पनि उनले बताएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू