काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा विकास निमार्णका काममा पनि राजनीति भएको आरोप लगाएका छन् । विकास निमार्णमा राजनीति भएपनि आफूले गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका छन् ।
शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी महानगर प्रमुख शाक्यले चार वर्षमा गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन् ।
प्रमुख शाक्यले यो समयावधिमा १५० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण गरिसकेको दाबी गरे। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत बाहिरका जिल्लाका स्थानीय सरकारहरुसँग भगिनी सम्बन्ध स्थापना गरी सहकार्य र साझेदारी गर्दै आएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्