काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा केन्द्रीय समिति बैठक सुरू भएको छ ।
करिब तीन महिना पहिलाबाट बस्ने भनिएको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ । अहिले विप्लव नेतृत्वको नेकपामा स्थानीय तह निर्वाचनमा भाग लिने र नलिनेबीच विवाद जारी रहेको बताइन्छ । सोहि विषयबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा बैठक सुरू भएको हो ।
केन्द्रीय सदस्य आउन ढिला भएकाले बैठक बिहान बोलाइएको बैठक दिउँसो ३ बजेबाट सुरू भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने कि बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले नेकपाको यस पटकको बैठक सबैका लागि चासोको विषय बनेको छ ।
निर्वाचनमा भाग लिने र नलिनेमा दुई पक्ष रहेका छन् । महासचिव विप्लव र प्रवक्ता विक्वकर्माले निर्वाचनमा भाग लिनु पर्ने बताएका छन् भने सचिवालय सदस्यद्धय हेमन्त प्रकाश वली र धर्मेन्द्र वास्तोलाले बहिस्कार गर्नु पर्ने मत राखेका छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढा मगर भने कसैको पक्षमा खुलेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्