काठमाण्डौ । बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका बडिगाड डोजो र बुर्तिवाङ्ग डोजोको आयोजनामा ब्ल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
राजन कुमार पाईजाको अध्यक्षता र भानु पौडेलको सञ्चालकमा भएको कार्यक्रममा प्रमुख अतिथि बडिगाड गाउपालिकाका उपाध्यक्ष अम्मर श्रीसले खेलाडीहरुको क्षमता बढाउन आफूहरु प्रयासरत भएको बताउनुभयो ।
कराँते खेल र खेलाडीले गाउँपालिकालाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै उहाँले गाउँपालिकाले यस खेललाई महत्वका साथ हेरेको बताउनुभयो ।
नेपाल सितोरियो कराँते सघंका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ ज्युले बडिगाड गाउंपालिकाले खेल क्षेत्रमा अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरेको जनाउँदै राम्रो आवास सहित कबर्ड हल निर्माण गरी खेलाडीहरुको हौसला बढाउन नेपालमै नमुना काम गरेको बताउनु चर्चा गर्नुभयो ।
कार्यक्रममा बुर्तिबाङ डोजोका प्रमुख प्रशिक्षक चित्र बहादुर पुन,वडा नं ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल, वडा नं २ का वडा अध्यक्ष ढालेन्द्र प्रसाद शेरचन, वडा नं ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्ग लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा ४८ जनाले ब्ल्याक बेल्ड ग्रेडिंग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्