Ads

बुटवलमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता : उकालो लाग्यो एभरेष्ट


बुटवल । बुटवल नगर खेलकुद विकास समितिको संयोजनमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८ को शुक्रवार  समारोहबीच समापन भएको छ ।
प्रतियोगितामा एभरेष्ट बोर्डिङ्ग स्कूल प्रथम, कालिका मानवज्ञान मावि द्वितीय,नवीन औद्योगिक कदर बहादुर रीता मावि तृतीय र न्यू होराइजन मावि चौथो भएका छन् ।
बुटवल उपमहानगरपालिका अन्तर्गत १८ वटा सामुदायिक २२ वटा संस्थागत विद्यालयहरु गरी ४० वटा विद्यालयको सहभागिता रहेकोमा १३ वटा सामुदायिक र १२ वटा संस्थागत विद्यालयहरु गरी २५ वटा विद्यालयहरुले विभिन्न पदक प्राप्त गरेका थिए ।
विद्यागत रुपमा प्रथम ८८, द्वितीय ८९ र तृतीय १७६ गरी ३५३ वटा प्रमाण पत्र तथा पदक प्रमुख सुवेदीले वितरण गर्नु भयो । खेलकुद विकास समिति अध्यक्ष नन्दु काउचाको अध्यक्षतामा भएको समापन समारोहमा एमाले नेता गोपाल राना, उपमहानगरका महाशाखा प्रमुख विष्णु खनाल, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, प्रदेश सचिव शंकर पाण्डेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
Ads

सम्बन्धित पोष्टहरू