काठमाण्डौ । सरकारले आगामी बैशाख ३० गतेका लागि स्थानीयतहको निर्वाचन मिति घोषणा गरेसंगै राजनीतिक दलहरु स्थानीयतहको निर्वाचनको तयारीमा जुटेकाछन् ।
केन्द्रदेखी गाउँतहसम्म दलहरुले आफ्नो कार्यक्रम, प्रचार प्रसार र अभियानहरु सञ्चालन गरिरहेका छन् । जतिजति निर्वाचनको मिति नजिकि रहेको छ दलहरुका गतिविधि त्यति बढिरहेका छन् ।
निर्वाचनको मिति घोषणा भएदेखीनै आफ्ना गतिविधिलाई तिव्र पारेको नेकपा एमालेले वडातहदेखी केन्द्रतहसम्मका सबै कमिटिलाई चलायमान बनाएको छ । अहिले एमालेले देशभर पार्टि प्रवेश, प्रशिक्षण एंव निर्वाचन केन्द्रीत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
अन्य दलहरुले पनि निर्वाचन केन्द्रीत भएर कार्यक्रम सञ्चालन गरेपनि नेकपा एमाले जस्तो व्यापक र व्यवस्थित बनाउन सकेका छ्र्रैनन् । एमालेले विभिन्न मोर्चा, कमिटि र सुभेच्छुक संगठन मार्फत पनि निर्वाचन केन्द्रीत काम र कार्यक्रमलाई अगाडि बढाएको छ । यसैक्रममा शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभिन्न कार्यक्रमा सहभागी हुँदैछन् ।
विभिन्न जिल्लाबाट काठमाण्डौ आएर बसोबास गरेकाहरुको संगठन नेकपा एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा विहान ८ बजे काठमाण्डौमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
यस कार्यक्रममा सम्पर्क समन्वय कमिटीका करिव ३ हजार नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ । देशभर अभियानका साथ अगाडि बढेको एमालेका अन्य नेताहरुको सहभागितामा शनिवार देशका विभिन्न जिल्लामा भेता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्