बुटवल । सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अमृता अनमोलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
अधिबेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिबमा मेनका चौधरी, सचिवमा माया केसी, कोषाध्यक्षमा उषाकिरण पन्त तथा सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएका छन् ।
सो अवसरमा बिभिन्न क्षेत्रमा संघर्ष गरेर सफलता प्राप्त गरेका महिलाहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्