Ads

नेपालमा कोरोनाविरुद्धको चार करोड भन्दा बढि मात्रा खोप लगाइयो


काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । खोप अभियान सुरु भएदेखि गत शुक्रबारसम्म तीन करोड ९२ लाख २३ हजार ९ सय ४१ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म एक करोड ८६ लाख ९५ हजार ८ सय २६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५ सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१८ लाख २९ हजार ५ सय २० जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख छ । बैशाख मसान्तभित्र १२ वर्षमाथीका सबै लक्षित जनसंख्यालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ

नेपालमा कोरोनाविरुद्धको भेरोसेल, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, मोडर्ना र फाइजर गरी चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप प्राप्त भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू