Ads

प्रदेश सांसद विष्ट माओवादी पार्टीद्वारा निष्कासित


काठमाडौं । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले प्रदेश सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको भन्दै संसदीय दलको बैठकबाट विष्टलाई निस्कासन गरेको हो ।

दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको अनुसासन विपरिति अभिव्यक्ति दिएको भन्दै निष्कासन गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका सदस्य मा. ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ ।’

विष्टले केहि दिन पहिला विज्ञप्ती निकालेर माओवादी पार्टीले एमसीसी पास गरेकाले उक्त दलमा नरहने घोषणा गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू