काठमाडौँ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सानेपा कांग्रेस केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । संगठन उमेरले भन्दापनि विचारले चल्ने बताउँदै उनिहरुले आज(आइतबार) प्रदर्शन गरेका हुन् ।
भ्रातृ संस्थामा उमेर हदको सिण्डिकेट लगाउन खाजेको भन्दै उमेर हद लगाउने भए कांग्रेसमा ६० वर्ष, तरुणदलमा ४० वर्ष र नेविसंघमा २८ वर्ष लगाउन चुनौती समेत दिएका छन् ।
सबै उमेरका विद्यार्थीको प्रतिनिधित्व हुने गरी तदर्थ समिति बनाउनुपर्ने र नेविसंघको विधानको पूर्ण कार्यान्वयन गर्न, स्ववियू निर्वाचनको ग्यारेन्टी गर्न पनि उनिहरुको माग छ ।
आफ्ना मागहरु पूरा नभए उनिहरुले धर्ना, रिले अनशन र आमरण अनशनका कार्यक्रमहरु अघि बढाउने समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्