काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ .६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो ।
नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि भएन। दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्