काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा जारी छ । दुई दिनदेखि जारी बैठकमा विप्लवको राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा राख्ने क्रम जारी छ । प्रतिवेदनमाथि ४ जना सचिवालय सदस्य र १० जना केन्द्रीय सदस्यले धारणा राखिसकेका बताइएको छ ।
४ जना सचिवालय सदस्यमा २ जना निर्वाचनको पक्षमा र २ जना विपक्षमा रहेका छन् ।
धारणा राख्नेमध्ये अधिकांश केन्द्रीय सदस्य निर्वाचनको उपयोग गरेर जानुपर्ने पक्षमा उभिएको बताइएको छ ।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सन्तोष बुढामगर निर्वाचन उपयोगको पक्षमा उभिएका छन् । सचिवालय सदस्य हेमन्द्रप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’, बहिस्कारको पक्षमा उभिएका छन् ।
धारणा राख्ने १० जना केन्द्रीय सदस्यमध्ये भरत बम, अनिल शर्मा, उमा भुजेललगायत निर्वाचनको उपयोगको पक्षमा देखिएका छन् । उदयबहादुर चलाउने ‘दीपक’ र चुडामणी वलीले निर्वाचन वरिस्कारको पक्षमा धारणा राखेका छन् ।
चलाउने सरकारसँगको वार्ता टोलीका सदस्यसमेत थिए । उनी लगायतका केहि नेताहरु निर्वाचन बहिस्कारको पक्षमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्