Ads

झलनाथप्रति सुवास नेम्वाङको व्यङग्य : कमरेडको नाम बिर्सें, अन्तरे हो कि जन्तरे ?


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एकीकृतका वरिष्ठ नेता झलनाथ खनालप्रति व्यङग्य गरेका छन् । नेम्वाङले खनाल प्रति लक्षित गदै आफूले नाम बिर्सेको तर अनुहार झलझली सम्भना आएको बताएका छन् ।

नेम्वाङले खनालप्रति लक्षित गदै भने, ‘मैलै नाम चाहिँ बिर्सें, उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ, कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन।’
एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीको मत पेटिका खाली गर्नु पने बताएका थिए । त्यसको दोस्रो दिन नेम्वाङले खनालकै निर्वाचन क्षेत्रमा पुगेर नेम्वाङले मत पेटिका खाली गर्न चुनौती दिएका हुन्।

‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ, कसरी मतपत्र एमालेको खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे।

उनले देशभरी एमालेको पक्षमा जनलहर उर्लेको बताए । ‘उनले भने, इलाममा मात्र होइन, मेची महाकाली, तराई मधेसदेखि हिमालसम्म मानिसको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ, त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू ।’

Ads

सम्बन्धित पोष्टहरू