Ads

रुपान्तरण गर्दै नयाँ पार्टी निमार्ण गर्न सम्भव छ : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने बताए । आइताबार पोखरामा आयोजित माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनले जनता अग्रगमनका पक्षमा भएको पुष्टि गरेकोले क्रान्तिकारी रुपान्तरण गर्दै नयाँ पार्टी निर्माण सम्भव भएको बताए ।

‘क्रान्तिको एउटा निश्चित स्थानमा पुुगेपछि पार्टी भित्र नै क्रान्ति गुर्न पर्ने रहेछ ।’ उनले भने, ‘चिनियाँ कम्युनिगट आन्दोलनमा पनि कमरेड माओले पार्टी भित्र एउटा ठुलो फड्कोको रुपमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको दिशामा जानुभयो । हामी थाहै नपाई विचलित भएको जस्तो, यसबाट कसरी उम्कने हो भन्ने मेसो नपाएको जस्तो देखिएको छ ।’

जनयुद्धपुर्व पनि पार्टीमा यस्तै खाले समस्या देखिएको उनले बताए । उनले भने, ‘जब २०५२ सालमा जनयुद्धको बाटोमा अघि बढाईयो त्यसपछि त्याग, तपस्या र बलिदानको बाटो शुरु भयो । हामीसँग न हतियार थियो, न फौज थियो, न त अरु कुनै शक्तिको सहयोग थियो । हामीले जनताको बलमा, सहि विचारको आलोकमा यहाँ आईपुग्यौं ।’
इतिहासका जटिल कालखण्डको ब्याख्या गर्दै शान्ति प्रक्रियापछि कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला शुरु भएको बताए । यो अवस्थाले पार्टी र आन्दोलनमा निराशा जन्माएको भएपनि अहिले भने फेरी क्रान्तिकारी ध्रुवीकरणको उत्साह जागेको उनको भनाई थियो । ‘एउटा, दुुइवटा, तीनवटा कति हो कति। अहिले फेरी एकता कति हो कति १४,१५ समुह लाईनमा छन,’ उनले भने ।

पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा विशेष जोड दिँदै अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टी क्रान्तिकारी पाटीैकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन संभव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं।’

केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर प्रयास गरेको तर रुपान्तरण गर्न नसकिएको बताएका छन् ।

‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका हो’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए ।उनले भने, ‘जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं ।’

 

Ads

सम्बन्धित पोष्टहरू