काठमाडौँ । विभिन्न देशको मुद्रासहित विदेश जान लागेका दुई नेपाली महिला पक्राउ परेका छन् ।
आज(आईतबार) नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया जान लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन् ।
शाक्यबाट सात हजार सात सय यूरो, एक हजार नौ सय क्यानेडियन डलर, एक हजार तीन सय साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जानकारी दिएको छ । शाक्य काठमाडौं महानगरपालिका–२ घर भएकी हुन् । त्यस्तै गोरखा बोर्लाङ ८ घर भई काठमाडौं–१३ बस्ने श्रेष्ठबाट १९ हजार ६ सय अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित नियन्त्रणमा लिइएको छ ।
उनीहरु दुवै जनालाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा लगएिको छ ।
प्रतिक्रिया दिनुहोस्