काठमाडौँ । डा शङ्करप्रसाद शर्मा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मालाई उक्त पदमा आज(आईतबार) नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।
यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्