काठमाडौं । मोरङको लेटाङमा रहेको एउटा विद्यालयमा प्रीन्सिपलले छात्रालाई यौंन दुर्व्यवहार गरेको आरोपपछि झडप भएको छ । त्यहाँ स्थानीयको आक्रमणमा एक महिला प्रहरीको हत्या भएको छ ।
उत्तरी मोरङको लेटाङको वडा ५ खेरुवामा रहेको शिक्षा विकास मावीमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्ने क्रममा एक प्रहरीको हत्या भएको हो ।
५६ वर्षका शिक्षक मनोज पौडेल विरुद्धमा दिउँसो १ बजेबाट नाराजुलुस भएको र साँझ पक्राउ गरेर प्रहरीले लैजाने क्रममा भिड अनियन्त्रित हुँदा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको हो ।
ऊनीमाथी धारिलो हतियार प्रहार भएको छ । लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले हत्या भएकाे पुष्टि गरिन् ।
स्थितिलाई सामान्य अवस्थामा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ भने स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्