काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणमा गएका छन् ।
आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल चीन प्रस्थान गरेका हुन ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन गएका हुन । प्रतिनिधि मण्डलले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
कुनमिङमा इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रम छ। त्यसमा पौडेल वक्ताका रुपमा रहेका छन्।
कोरोनाभाइरस महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली चीन गएको हो । यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले यसअघि नेपालका राजनीतिक दलहरूसँग भर्चुअल संवाद पनि गर्ने गरेको थियो।
प्रतिक्रिया दिनुहोस्