काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा घटेको घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् । आइतबार लेटाङमा महिला प्रहरीको हत्या भएको थियो । सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्न विराटनगर पुगेका प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षकले एक बालिकालाई यौन हिंसा गरेको आरोपमा हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
आज बिहाननै देखि उक्त क्षेत्रमा कफ्र्यु लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्