काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग एमालेको विरद्धमा लागेको आरोप लगाएका छन् । एमालेको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।
ओलीले आयोग गठबन्धनसंग मिलेकाले मतपेटिकालाई आँखाबाट ओझेल पर्न नदिने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।
उनले सबै पार्टी पक्तिलाई सचेत रहन आग्रह गरे ।
ओलीले भने, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल पर्न दिदैनौ । अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’
निर्वाचन आयोग गठवन्धनसँग मिलेको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्