काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने कुरामा विश्वस्त रहन अनुरोध गरेका छन् । कुनै पनि हालतमा चुनाव नसर्ने बताउँदै चुनावको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् ।
निर्वाचन आयोगलाई सरकारको पूरा सहयोग रहने पनि उनले बताएका छन् ।
मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन सार्ने कुनै मनसाय नभएकाले आयोगले तोकेकै समयमा चुनाव हुने देउवाले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्