काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकिएको छ ।
नाबालिकामाथि जबरजस्ती करणीको मुद्धामा प्रहरीले अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ ।
२१ दिन लामो अनुसन्धानपछि प्रहरीले अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्