Ads

एमालेमा उम्मेदवार छान्ने मापदण्ड : पालिका प्रमुख-उपप्रमुखको सिफारिस पालिकाबाट, निर्णय प्रदेशले गर्ने


काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड तय गरेको छ । सोमबार बसेको पोलिटब्यूरो बैठकबाट उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा तय गरेको छ ।
जसमा पालिका नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको सिफारिस पार्टीको पालिका कमिटीले गर्ने छ । प्रदेश कमिटीले निर्णय गर्ने छ । वडाध्यक्ष र सदस्यहरुको सिफारिस सम्बन्धित वडा कमिटीले नै गर्ने मापदण्ड बनाएको छ ।

यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको छ ।

त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रस्ताव छ ।

महानगरपालिका र उपमहानगरपालिकका मेयर तथा उपमेयरको निर्णय भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रबाट हुनेछ । उम्मेदवारी निर्णय गर्दा हाल रहेका जनप्रतिनिधिलाई प्राथमिकता दिइने तर त्यसमा उनीहरूको कामको समीक्षा, विकासप्रतिको लगाब, लोकप्रियता र जित्न सक्ने आधारलाई हेरेर निर्णय हुने प्रचार बिभाग प्रमुख  पृथ्वीसुब्बा गुरुङले बताए ।

Ads

सम्बन्धित पोष्टहरू