Ads

कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु


काठमाडौँ । कान्ति बाल अस्पतालले आज(सोमबार) देखि पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु गरेको छ ।

बालबालिकाहरुको छातीसम्बन्धी सबै रोगको उपचार गर्ने लक्ष्यसहित ओपिडी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिएका हुन् । । बसौलाका अनुसार पेडियाट्रिक पल्मोनोलोजिस्ट डा जगतजीवन घिमिरेको नेतृत्वमा उक्त सेवा सुरु गरिएको छ ।

पल्मोनोलोजी ओपिडी अन्तर्गत ब्रोन्कोस्पोपिक सेवा पनि सुरु गर्ने तयारी भइरहेको बताइएको छ । दम क्लिनीक मात्र सञ्चालन हुँदै आएको उक्त अस्पतालमा हरेक सोमबार र बिहीबार गरी साताको दुई दिन उक्त ओपिडी सञ्चालन हुने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू