काठमाडौ -जल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्दै शुभकामना सन्देश दिएकीछन् ।
राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ– पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए ।
वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।
भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संरक्षण गर्नुपर्दछ ।
जल दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्