काठमाडौं । समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । यो पार्टीको नेतृत्व पूर्वमन्त्री प्रेमबहादुर सिंहले गदै आएका थिए ।
मंगलबार बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे ।
सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेका थिए ।
‘अहिले मलाई आफ्नो घरमा फर्किएको सुखानुभूति भएको छ । म नेकपा एमालेबाट एक्लै गएको थिएँ, अहिले सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्