काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । ४४ जना नयाँ संक्रमित थपिएका छन् ।
गत फागुन २७ गते कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको थियो । त्यसयता संक्रमण थपिएपनि मृत्यु हुनेको संख्या शुन्य रहेकोमा आज एक जनाको ज्यान गएको हो ।
छ हजार पाँच सय ९४ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय ४१ जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा ७३ हजार छ सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हाल दुई हजार छ सय ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्