काठमाण्डौ । मदन भण्डारी स्पोर्टस एकेडेमीको नयाँ निर्वाचित नेतृत्वले तात्कालीन र दीर्घकालीन योजनाका रणनीति बनाउन थालेको छ ।
मंगलबार काठमाण्डौमा बसेको सचिबालय बैठकले त्यस्ता रणनीतिलाई निर्णायक रुप दिने तयारी स्वरुप बिभिन्न निर्णयहरु गरेको अध्यक्ष ध्रुब आचार्यले बताए ।
अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले बिशेष योजनाहरु तय गर्नका लागि केन्द्रिय कमिटीको दोस्रो बैठक चैत्र २७ गतेका दिन पोखरामा गर्ने निर्णय गरेको छ । अध्यक्ष आचार्यका अनुसार उक्त बैठकले नेपाली खेल र खेल शिक्षाको उन्नतीबारे बिशेष निर्णयहरु गर्ने छ ।
बैठकमा उपस्थित पदाधिकारीहरुले आआफ्नो प्रदेश र जिल्लामा एकेडेमीको सांगठानिक तथा खेलकुद गतिविधिका बारेमा प्रगति सुनाएका थिए ।
यस्ता छन् निर्णय
-संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम अन्तरगत २०७८ साल चैत्र मसान्तरभित्र देशभरका सम्पुर्ण स्थानीय तह र जिल्ला तहमा कमिटीहरु गठन गरिसक्ने ।
-लेवि तथा आर्थिक गतिविधिलाई व्यवस्थित र पारदर्शी गराउनका लागि अध्यक्ष,आर्थिक संयोजक र महासचिवको संयुक्त हस्ताक्षरबाट बैंक खाता सञ्चालन हुने गरी बैंक खाता खोल्ने र सम्पुर्ण पदाधिकारी एवं केन्द्रिय कमिटी सदस्यहरुले निर्धारित लेवि सात दिन भित्र जम्मा गर्नेे ।
-एकेडेमीको आयोजनामा सात वटै प्रदेशमा विभिन्न खेल विधाका राष्ट्रिय स्तरका खेल कार्यक्रम आयोजनाका लागि सात दिनभित्र प्रतिवेदन पेश गर्न निम्न अनुसार जिम्मेवारी दिने ।
प्रदेश १ : तुलसी मैनाली,मदन उप्रेती,
मधेश प्रदेश : शशी कुमाार शर्मा
बागमति प्रदेश : जितेन्द्र श्रेष्ठ,पुरेन्द्र विक्रम लाखे,सुवर्णा श्रेष्ठ
गण्डकी प्रदेश : राजेश गुरुङ
लुम्विनी प्रदेश : देबी वाग्ले,सुजु मल्ल
कर्णली र सुदुर पश्चिम प्रदेश : तेज विक्रम बस्नेत
-बिभिन्न कार्यबिभाजन र जिम्मेवारीका लागि अध्यक्षले आगामी केन्द्रीय कमिटीको बैठकमा योजना प्रस्तुत गर्ने ।
काठमाण्डौमा ब्यवस्थित तरिकाले कार्यलय सञ्चालन गर्ने ।
-केन्द्रिय कमिटीको दोश्रो बैठक चैत्र २७ गते पोखरामा गर्ने र त्यसको व्यवस्थापनको जिम्मेवारी केन्द्रिय उपाध्यक्ष राजेश गुरुङलाई दिने ।
लगायत ।
प्रतिक्रिया दिनुहोस्