काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । दुई दिनसम्म चल्ने बैठक कार्की ब्याङ्केट बबरमहलमा जारी छ । बैठकमा ११ वटा एजेण्डामा छलफल हुनेछ ।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । लगत्तै उहाँले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभयो ।
पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीका विभागहरुको गठन देखि स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया आदि एजेण्डा रहेका छन् ।
बैठकका कार्यसूची
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध
प्रतिक्रिया दिनुहोस्