Ads

माओवादी नेता महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जारी एमालेको केन्द्रीय कमिटी बैठकमाअध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् ।

शर्माले आफूसंगै पत्नी सीता चौधरीलाई पनि एमाले प्रवेश गराएका छन् । शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा पराजित भएकी थिइन ।

एमाले प्रवेश गदै कम्युनिष्ट पार्टीको नेतृत्व एमाले गर्ने भएकाले एमाले रोजेको शर्माले बताए ।

सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू