काठमाडौं( चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।
नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि पहिलोपटक चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा चीनिया विदेश मन्त्री नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्