Ads

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्री समिति बैठक स्थानीय तह निर्वाचन र गठबन्धनका विषयमा केन्द्रित हुनेछ ।

बैठकमा गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने कि एक्लै लड्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । स्थानीय तहमा उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू