Ads

एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन, स्थानीय तहमा हुनसक्छ : योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन नगर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठक सकिएको दोस्रो दिन कैलालीको धनगढी पुगेका भट्टराईले एमालेले केन्द्रमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

उनले आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटीले गठबन्धन गर्न सक्ने बताए ।

शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट पारे ।

‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन्,’ भट्टराईले भने, ‘आवश्कयता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’

भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू