Ads

पौडेल निवास बसेको भेलाको निष्कर्ष : गठबन्धन गरेर जानुपर्छ


काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेल गरेर जानु पर्ने निष्कर्ष निकालेको छ ।
पौडेल पक्षका केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान पौडेल निवास बोहोराटारमा छलफल गरेका छन् ।

सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए÷नभएको छलफल गर्न नेता पौडेलले बैठक बोलाएका थिए ।
कांग्रेसले पनि गठबन्धनको अधिकार स्थानीय तहको कार्यसमितिलाई नै दिनुपर्ने पौडेल पक्षको निष्कर्ष रहेको सहभागीले बताए ।

बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिएका थिए । तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने सुझाव दिएको ती सहभागीले बताए । विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरुले माग राखेका थिए ।

बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरी सहभागी थिए । जिल्ला सभापतिहरुमा बाजुराका जिल्ला सभापति रासिंह रावल सहित तनहुँका जीतप्रकाश आले,पाल्पाका हिमालदत्त श्रेष्ठलगायत सहभागी थिए ।

Ads

सम्बन्धित पोष्टहरू