काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्टी जनाउदै एक पक्षले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालय अगाडि नाराजुलुस गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक सुरू हुनै लाग्दा नेवीसंघ र तरुण दलको अध्यक्षमा मनोनयन प्रति असन्तुष्ट पक्षले नेताहरूको ध्यानाकर्षण गराउँदै नाराबाजी गरेका हुन् ।
प्रदर्शन गर्ने थाहा पाएर बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा मुख्य सडक नै अवरुद्ध भएको छ ।
उनीहरूले ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, हाम्रो घर (पार्टी कार्यालय ) जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लगाएका छन् ।
दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्